धनगढी : कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५७ वर्षीय रामकिसन चौधरीको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई रिंगटा लागेको भनेपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको उनले बताए ।
उनले भने ‘उच्च रक्तचापका कारण चौधरीको मृत्यु भएको भन्ने बुझिएको छ । थप कुरा शव परीक्षणपछि खुल्छ होला ।’
प्रतिक्रिया दिनुहोस्