बहुविवाह मुद्दामा फरार कञ्चनपुर र अछामबाट २ जना पक्राउ

कञ्चनपुरः बहुविवाह मुद्दामा फरार कञ्चनपुर र अछामबाट २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७५ भाद्र २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार  जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ उल्टाखाम ४० वर्षीय शंकर दत्त जोशी पक्राउ परेका छन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाटै पक्राउ गरेको हो।

यस्तै जिल्ला अदालत अछामले २०८१ असार १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकेपछि फरार रहेका अछामको ढकारी गाउँपालिका–३ का २८ वर्षीय बमबहादुर विक पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार