कैलाली बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु सम्मानित

धनगढीः कैलाली बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु सम्मानित भएका छन्। 

स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सेमेस्टरगत  र संकायगत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक र्काक्रमकाबिच सम्मान गरिको हो।   उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने र अन्य विद्यार्थीलाई पनि प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिको स्ववियु सचिव ओम प्रकाश वस्तीले बताए।  

SHIKHAR COOL TECH

सेमेष्टर र संकायमा उत्कृष्ट विद्यार्थीहरुलाई पहिलो  सम्मान गरिएको र अगामी दिनमा सेमेस्टरको नतिजा आउने बित्तिकै सम्मान गरि उनिहरुबाट पनि रचनात्मक सुझावहरु संकलन गर्दै क्याम्पसको सुधार र विद्यार्थीको हितमा काम गर्ने स्ववियु सभापति सन्तोष पन्तले बताए।

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगकी उपाध्यक्ष डा.जीवन रानाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।  क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट विशिष्ट अतिथिको रुपमा रहेका थिए।

प्रमुख अतिथि रानाले यस्ता कार्यक्रमले आत्म अनुशासनको वोध गराउने भएकोले विद्यार्थीहरुको लागि महत्वपूर्ण रहेको बताईन्। “उतकृष्ट विद्यार्थीहरु राम्रो आचरण, दृष्टिकोण, परिश्रम र धैर्यताको उदाहरण भएकोले यो सफलताको आधार हो” उनले भनिन्।

सामाजिक रुपान्तरणको नेतृत्व लिनका लागि आफ्नो ज्ञानलाई उपयोगी बनाउन उनले सुझाइन्। डा.राना आफ्नो समुदायबाट विद्यावारिधि हासिल गर्ने पहिलो महिला हुन्। आफ्नो समयमा थुप्रै चुनौतीका बाबजुत आफुले लक्ष्य हासिल गरेकोले आफ्ना उद्धेश्य र लक्ष्यप्रति दृढ रहन विद्यार्थीहरुलाई उनको सुझाव छ। 

त्यस्तै क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्टले क्याम्पसको प्रतिष्ठा र गरिमा बढाउन  उत्कृष्ट विद्यार्थीको ठुलो भूमिका रहने बताए। विगतका कम्पस प्रमुखहरु जस्तै क्याम्पसको प्राज्ञिक विकास र उत्कृष्ट नतिजा कायम राख्न आफु पनि दत्तचित्त भएर लाग्ने बताए। क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर सुझावहरु प्रस्तुत गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे।   

सम्मान र्काक्रमपछि उत्कृष्ट विद्यार्थीहरुले स्ववियुले गरेको कार्यक्रम प्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिएका छन्। क्याम्पसमा आफुहरुले भोगेका चुनौती, समस्या र समाधानका उपायबारे पनि विद्यार्थीहरुले स्ववियु टिमसमक्ष प्रस्तुत गर्दै छलफल समेत गरेका थिए।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार