राजस्व कार्यालय धनगढीको राजस्व संकलन ७ दशमलव ४४ प्रतिशतले वृद्धि

धनगढी : आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो।

SHIKHAR COOL TECH

कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए।

गत आर्थिक वर्षको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढी सङ्कलन भएको उनले बताए।

राजस्व कार्यालयले गत आर्थिक वर्षमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट रु १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए।

आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा रु दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार