कैलालीको विभिन्न पालिकामा भोलि स्थानीय बिदा

धनगढी : कैलालीको विभिन्न पालिकाले भोलि (शुक्रबार) पालिकामा स्थानीय बिदा दिएका छन्। 

साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन। 

दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्याल, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन्।

बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुशीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन्। 

भोलि कमैया मुक्तिको २५ वर्ष पुग्दैछ। कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन सकेको छैन। पुनस्थापनाको कार्य विस्तारै भइरहेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार