बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  

बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका-१६ रामपुर कैलालीले आज बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा-महोत्सव २०८२ ऐतिहासिक पश्चिमको ऐतिहासिक श्रावण मेलाको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

SHIKHAR COOL TECH

उहाँले बेहडाबाबा मन्दिरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाइ निर्देशन दिनुभएको छ ।

साथै उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब १३ करोड यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनु भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार