धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका-१६ रामपुर कैलालीले आज बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा-महोत्सव २०८२ ऐतिहासिक पश्चिमको ऐतिहासिक श्रावण मेलाको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
उहाँले बेहडाबाबा मन्दिरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाइ निर्देशन दिनुभएको छ ।
साथै उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब १३ करोड यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्