सुरो नेपालबाट ठगिएका गोदावरीका ५० किसानको रकम फिर्ता गर्न वडाध्यक्षले लिए जिम्मा

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका ५० किसानको ३६ लाख १७ हजार रुपैयाँ वडाध्यक्षले तिर्ने भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जग्गुराम चौधरीले सुरो नेपालले ५० किसानको ३६ लाख १७ हजार एक सय २५ रुपैयाँ फिर्ता नगरे आफूले तिर्ने कागज बनाएका हुन्।

इलाका प्रहरी कार्यालय, मालाखेतीमा पावर टिलर अनुदानमा पाउने आशामा रहेका ५० किसानले ठगीमा परेको भन्दै उजुरी दिएका थिए। एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले असार २४ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा वडाध्यक्षकी बुहारी प्रीयंका चौधरीको विरुद्धमा जाहेरी दिएका हुन्।

SHIKHAR COOL TECH

सुरो नेपालको नाममा गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष जग्गुरामकी बुहारी प्रीयंकाले किसानहरूबाट सङ्कलन गरेको ३६ लाख १७ हजार एक २५ रुपैयाँ वडाध्यक्षले असोज मसान्तसम्म फिर्ता गर्ने भन्दै कागज गराएपछि किसानहरूले उजुरी फिर्ता लिएका छन्। उनीहरूसँग असार २६ गते नै वडाध्यक्षले सुरो नेपालले रकम फिर्ता नदिए आफ्नो जायजेथाबाट रकम फिर्ता गर्ने सम्झौता गरेका हुन।

वडाध्यक्षले गरेको उक्त सम्झौतामा किसानका तर्फबाट रामबहादुर चौधरीले हस्ताक्षर गरेका छन् भने ५० जना किसानको रकमसहित नाम उल्लेख गरिएको छ। सम्झौतामा अनुदानमा दिने भनी रकम उठाई भाकामा कृषि उपकरण नदिइएकाले असोज मसान्तसम्ममा पनि सुरो नेपाल संस्थाले रकम उपलब्ध नगराए वडाध्यक्षले घर घरान वा जायजेथाबाट कानुन बमोजिम असुर उपर गराउने उल्लेख छ। सम्झौतामा असार २४ गते वडाध्यक्षकी बुहारी प्रीयंका चौधरीका नाममा ५० जना किसानले इलाका प्रहरी कार्यालय मालाखेतीमा दिएको उजुरी फिर्ता गर्ने उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार