लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

धनगढी : कैलालीको भजनी नगरपालिका–५, लालबोझीमा करिब साढे पाँच ग्राम लागुऔषध खैरो हेरोइन चार जना पक्राउ परेका छन् ।

चेकजाँच गर्ने क्रममा दुई वटा मोटरसाइकलमा सवार उनीहरुको साथबाट पाँच ग्राम ६७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

Seti Hospital

पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ४, का २४ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र वडा नम्बर १२ का २१ वर्षीय बिशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखेर कारबाही प्रकृया अगाडि बढाइएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार