कैलालीस्थित घोडाघोडीमा हरिहाँसको गणना हुँदै !

धनगढी : कैलालीस्थित विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध घोडाघोडी तालमा हरिहाँसको गणना भइरहेको छ। घोडाघोडीको सूचक प्रजाति रहेका हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पहलमानपुरसँगको समन्वयमा नेपाल पंक्षी संरक्षण सङ्घ (बिसिएन)ले हरिहाँसको गणना गरिरहेको हो। 

यो तालमा गर्मी सिजन र जाडो याममा गरेर हरेक वर्ष दुई पटक हरिहाँसको गणना गरिन्छ। नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिने चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए। उनले यो बेला हरिहाँसको ब्रिडिङ सिजन रहेकाले जाडो यामको भन्दा कम देखिने गरेको बताए। 

SHIKHAR COOL TECH

गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन्। भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा समेत हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ। यसैगरी, घोडाघोडी नगरपालिका–१२ को गुरही र वडा २ को जोकाहा तालमा पनि हरिहाँसले ब्रिडिङ गर्ने गरेको जनाइएको छ। 

जाडो याममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गरेको डङ्गौराको भनाइ छ। प्राकृतिक वासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको जनाइएको छ।

बिसिएनका अनुसार घोडाघोडीमा २००९ देखि हरेक वर्ष नियमित हरिहाँसको गणना भइरहेको छ । २००९ मा १५५ हरिहाँस अभिलेख भएका थिए। यसैगरी, २०२३ मा २२१ र २०२४ मा २२५ हरिहाँस अभिलेख भएको जनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार