टीकापुर नगरपालिकाले साउन १ गतेदेखी प्लाष्टिक झोलामा रोक लगाउने

टीकापुर :  टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ । साउन १ गतेदेखी नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै नगरपालिकाले सूचना जारी गरेको छ ।

नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउनेबारे टीकापुरस्थित विभिन्न व्यवसायीहरुसँग छलफल थालेको छ । छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरवासी तथा व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।

SHIKHAR COOL TECH

‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ,’ उनले भने, ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ ।’

कार्यक्रमका सहभागीहरुले प्लाष्टिक झोला बन्द गर्ने नगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताउँदै पालिकाले कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले गतवर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ । ऐनमा प्लाष्टिक झोला बन्द गरेपछि बिक्री गर्ने व्यापारीलाई पहिलो पटकको लागि १ हजार, दोश्रो पटक ३ हजार र तेश्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

ऐनमा प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई समेत जरिवाना गर्ने व्यवस्था छ । ऐनमा उपभोक्ताले प्रयोग गरे पहिलो पटक १० रुपैयाँ, दोश्रो पटक ५० रुपैयाँ र तेश्रो पटक १ शय रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गर्ने, छलफललाई प्रभावकारी बनाउने, प्रचार प्रसार गर्ने तयारी थालेको सरसफाई शाखा प्रमुख लोकबहादुर बुढाले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार