अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

धनगढी : अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ।

आज बिहान करिब ७:०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड पूर्वरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

SHIKHAR COOL TECH

सडक माथिबाट रुख, ढुङ्गा र माटोसहित खसेको पहिरोका कारण सोही ठाउँका अम्मर रावलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको घर समेत उच्च जोखिममा परेको छ।

सडक अवरोध हटाउने कार्यमा प्रहरी नायब निरीक्षक गणेश बहादुर चन्दको कमान्डमा तीन जना सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ। हाल सडक खुलाउने प्रयास भइरहेको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार