धनगढी : सुदूरपश्चिम सरकारका पुर्व भौतिक पूर्वाधार बिकास मन्त्री प्रकाश देउवा धनगढीको डुबान प्रभावित क्षेत्रमा वडा अध्यक्ष, शहरी बिकासका ईन्जिनियर र निर्माण व्यबसायीको टोली लिएर अनुगमन गर्न पुगेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको धनगढीको २ र ३ नम्बर बडाको ६ लेन सडकमा छेउका नालीको बहाव नभएको र डुवानको समस्या भएको भनेपछि पुर्वमन्त्री देउवा सो क्षेत्र निरिक्षण गर्न पुगेका छन् । देउवा शहरी बिकास कार्यालयका ईन्जिनियर पुष्पराज भट्ट, वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर, वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धीबहादुर खड्का, वडा नम्बर १ का अध्यक्ष सुन्तोष मुडभरी, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही र निर्माण व्यबसायी अरुण सिह, किरण रावल सहितको टोली प्रभावित क्षेत्र पुगेका हुन् । सो क्षेत्र पुगेर नागरिकहरुका गुनासा समेत संकलन गरेका छन् ।
अनुमगनका क्रममा धनगढी २ र ३ मा निर्माणाधिन अवस्थामा रहेको नालीको अनुगमन गरेका छन् । भन्सार मिलनचोक क्षेत्रको छ लेन सडकमा बनी रहेको नालीको अवस्था र स्थानीयहरूको गुनासो सम्बोधन गर्न पुगेका थिए । असार १६ गते दिन भर परेको भारी वर्षाले निर्माणाधिन अवस्थामा रहेको नाली र स्थानीयहरुलाई भएको समस्या बारे जानकारी लिँदै निर्माण कम्पनीलाई यथासिघ्र काम सल्काउन र स्थानीयहरूको तत्कालको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
अनुगमनका क्रममा पूर्व भौतिकमन्त्री प्रकाश देउवालाई स्थानीयहरुले निर्माण कम्पनीले काम गर्दै गर्दा गरेका कमीकमजोरीको बारेमा जानकारी गराएका थिए । स्थानीयका समस्या प्रति विशेष चासो दिँदै देउवाले निर्माण कम्पनीलाई यथासिघ्र भएका कमिकमजोरी सच्याउन समेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया दनुहोस्