धनगढी : धनगढीमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा एक बालकको डुबेर ज्यान गएको छ ।
स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए ।
तत्कालै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर अस्पतालमा चिकित्सकले परीक्षण गरेर शिद्धार्थलाई मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया दनुहोस्