धनगढी : कैलालीमा एक वृद्धाको ह*त्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया माता देवी शाही आफनै मृत फेला परेकी हुन । उनको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी ले बताएको छ ।
प्रहरीका अनुसार उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनको छाती र घाटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षण का लागि टिकापुर अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दनुहोस्