बाढीले धनगढीको फोहोर स्थानीयको घरखेतमा पुगेपछि नागरिक आक्रोसित

धनगढी : डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणको लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि हैरान भएका छन् । धनगढी भरको फोहोर त्यहाँ राख्दा बाढीले बगाएपछि स्थानीयहरू थप मार्कामा परेका छन्।

धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर व्यवस्थित तरिकाले सडक नबनाउँदा स्थानीय हरू थप मार्कामा परेका हुन्। एकातिर कच्ची सडक सँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको लागि फालेको फोहर घर आँगनमा र धानखेतमा पसेर ठूलो समस्या भएको स्थानीयहरूले बताएका छन्।

Seti Hospital

स्थानीय धनकला साँउदका अनुसार नगरपालिकाले तीन वर्ष अगाडि स्थानीयहरूलाई सडक निर्माणको सपना देखाएर नगरपालिका भरिको फोहर ल्याएर थुपारेको भएपनि अहिलेसम्म सडक निर्माण भएको छैन। सडक निर्माण त परको कुरा सही ढंगले फोहोर पनि व्यवस्थापन नगर्दा आफूहरुलाई हरेक बर्खायाममा ठूलो समस्या हुने गरेको बताए।

अर्का स्थानीय राजेन्द्र चौधरीले भने विगत दुई वर्षदेखि बर्खायाममा लगाएको धानबाली नष्ट भइरहेको बताए । आफ्नो खेतमा पानीसँगै लिएर आएको फोहोरले दुःख दिइरहेको यस बारेमा पटकपटक स्थानीय जनप्रतिनिधि हरूलाई समेत जानकारी गराउँदा कुनै चासो नदिएको उनले आरोप लगाए।

वडा अध्यक्ष लगायतका जनप्रतिनिधि हरूलाई पटकपटक फोन गरेर फोहोर सही तरिकाले व्यवस्थापन गरिदिनुपर्यो भनिरहँदा समेत कुनै सुनवाई नभएको स्थानीयहरूले गुनासो गरेका छन्। बर्खामासको समय भएकाले फोहोरले गर्दा स्थानीयहरूलाई विभिन्न सङ्क्रमण कालीन रोगहरूले समस्या निम्ताउने , सँगै लामखुट्टे पनि बढी सक्रिय हुने भएकाले थप चुनौती भएको स्थानीय तोयानाथ जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार