धनगढी : धनगढीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टाेलमा गएराति १ बजेतीर सुपप्र ०१००९ प ७७८४नम्बरको माेटरसाईकल अनियन्त्रित भएर नालामा खसेको थियाे ।
दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहकाे मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियाे ।
उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ ।
प्रतिक्रिया दनुहोस्