सुदूरपश्चिममा मनसुनजन्य जोखिम उच्च

धनगढी : सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ। देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी-पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ।

विपत्ले हुन सक्ने क्षति न्यूनीकरण र आवश्यक पूर्वतयारी अवस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। डोटी, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली, कञ्चनपुरका केही भाग डुबानको जोखिममा छन्।

गत असार ४ गते मात्र कैलालीको गौरीगङ्गामा एक जनाको खोलामा बगेर मृत्यु भएको छ। तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरोलगायतका जोखिमका कारण बर्सेनि ठुलो जनधनको नोक्सानी हुने गरेको छ। मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घरखेत बगाएर विस्थापित हुने समस्या बर्सेनि झेल्दै आएको छ।

यो वर्ष पनि ठाउँ ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ। बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले जनधनको क्षति हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार