धनगढीमा युवती मृत फेला, ह*त्याको आशंका, घाँटीमा धारिलो हतियारको चोट

धनगढी : कैलालीको धनगढीमा मृत फेला परेकी युवतीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीस्थित आफ्नै कोठामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट छ ।

Galaxy

‘घटना शंकास्पद छ,’ डीएसपी सिंहले भने, ‘घटनाको अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छौँ ।’ शवमा गन्ध आएका कारण केही दिनअघि नै उनको हत्या भएको आशंका गरिएको छ ।

डीएसपी सिंहका अनुसार बाहिरबाट ताला लगाएको कोठामा चौधरी मृत फेला परेकी हुन् । चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी थिइन् । कार्यालयका अनुसार चौधरीलाई बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको एक तालिममा पठाइएको थियो । सोही दिनदेखि उनी कार्यालयमा आएकी थिइनन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार