चैतन्य पाठशालाद्वारा ‘योग, ध्यान, सङ्गीत र सहृदयताको सङ्गम’ कार्यक्रम सम्पन्न

भक्तराज जोशी

धनगढी । धनगढीमा ‘योग, ध्यान, सङ्गीत र सहृदयताको सङ्गम’ कार्यक्रम सम्पन्न भएको छ । चैतन्य पाठशालाको आयोजनामा प्राकृतिक जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा योग, ध्यान, स्वस्थ जीवनशैली, सकारात्मक सोच र संस्कारबारे गहन प्रस्तुति र अनुभव साथै विभिन्न विषयहरूमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए ।

Seti Hospital

स्वस्थ जीवन बालबालिकाको उज्ज्वल भविष्यको आधार, आहार, विचार र व्यवहारको अन्तरसम्बन्ध योग, ध्यान र प्राकृतिक जीवनशैलीको अभ्यास साथै राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीको विशेष प्रस्तुति रहेको थियो । योग, ध्यान र प्राकृतिक जीवनशैलीको अभ्यास बारे आयुर्वेदिक चिकित्सक डा. प्रीति ज्ञवाली, र पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेशका वैद्य हेमन्तराज ओझा प्रमुख वक्ताका रूपमा उपस्थित थिए । उनीहरूले सङ्गीत, आयुर्वेद र योगमार्फत आत्म–संवेदनशीलता, सन्तुलित जीवनशैली र संस्कारको महत्त्वबारे जानकारी दिएका दिएका हुन ।

विश्व सङ्गीत दिवस र विश्व योग दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रम चैतन्य पाठशाला फुटसल परिसरमा बिहान ७ः०० बजेबाट सुरु भएको थियो । कार्यक्रमको सभापतिको रूपमा चैतन्य पाठशालाका अभिभावक विद्यार्थी सङ्घका अध्यक्ष ईश्वर गिरी रहेका थिए ।

वर्तमान समयमा संस्कार सहितको शिक्षा अपरिहार्य रहेको र चैतन्य पाठशालाले समय सुहाउदौ शिक्षा प्रदान गर्ने अभ्यास गरिरहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । उनले यस्ता कार्यक्रमहरूले बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए । कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायी र भावनात्मक रूपमा जोडिने अनुभव व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार