लम्कीचुहाले ल्यायो एक अर्ब २० करोडको बजेट

धनगढी : लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १५ औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले चालु खर्चतर्फ ७६ करोड ७५ लाख र पुँजीगत खर्चतर्फ ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरी कुल बजेट सार्वजनिक गरेकी हुन् ।

उपप्रमुख चौधरीका अनुसार बजेट खर्चको स्रोतमा आन्तरिक आयबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजना मार्फत बजेट खर्च गर्ने बताइएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार