पर्याप्त पानी नपरेपछि कैलालीका किसान बोरिङका भरमा रोपाइँ गर्दै !

धनगढी : पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन । पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ । 

पर्याप्त पानी नपरे पनि खेतीपातीका बेला सुरु भएकाले रोपाइँ गर्न थालेको कैलारी गाउँपालिका-७, मोहनपुरका कृषक बलराम चौधरीले बताए । गाउँघरमा एकरदुई परिवारले रोपाइँ थालेपछि देखासिकी सबैले रोपाइँ सुरु गर्ने परिपाटी पनि रहेको छ । 

Seti Hospital

“ब्याड तयार भइसकेकाले हामीले पनि रोपाइँ गर्न थाल्यौँ,” चौधरीले भने, “ढिलो भएमा वरिपरिका सबै खेत रोपिसक्छन् । आफ्नो खेतसम्म हलगोरु, पावर ट्रिलर लैजाने बाटो हुँदैन ।”

किसानले बोरिङले पालैपालो भूमिगत पानी तानेर खेत सिँचाइ गर्ने कार्य गरिरहेको बताइएको छ । सबै किसान बोरिङकै भरमा रहेकाले पालो पाउन समस्या रहेको जनाइएको छ । यसै गरी सुक्खाका कारण बोरिङमै पानी कम आइरहेको किसानले बताएका छन् । दिनभरि इन्जिन चलाएर मुस्किलले एकरदुई कट्ठा जमिनमा सिँचाइ हुने गरेको कृषक फूलराज चौधरीले बताए । उनले गाउँघरका सबैले रोपाइँ थालेका कारण पानी नपरे पनि आफूले पनि रोपाइँको काम सुरु गरेको उल्लेख गरे । 

पहाडी क्षेत्रमा पर्ने जिल्लाको चुरे र मोहन्याल गाउँपालिकाबाहेक बाँकी ११ वटा पालिकामा सबैभन्दा बढी धान खेती हुने गरेको छ । डुबान प्रभावित भजनी नगरपालिकाका किसानले बर्खेभन्दा धेरै चैते धानको खेती गर्दै आएका छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार