सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् : हाम्रो सीपलाई विश्व बजारमा लैजानु पर्छ !

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्ने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको १६औं स्थापना दिवसको अवसरमा मंगलवार महेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्नु हुँदै उनले यस्तो बताएका हुन्। उनले रोजगारी र उत्पादन बढाउने शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे। कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्ने विषयको विश्व विद्यालयमा अध्यापन हुन जरुरी रहेको मुख्यमन्त्रीको भनाइ छ।

Seti Hospital

उनले सुुदूरपश्चिम विश्व विद्यालयलाई नमूना विश्वविद्यालय बनाउने उल्लेख गर्दै प्रदेश सरकारले विश्व विद्यालयलाई सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा ४३ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार