कैलालीमा खुट्टाको औंठा छाप लगाएर वृद्धभत्ता, एकल महिला भत्ता अपचलन

धनगढी : कैलालीमा खुट्टाको औंठा छाप लगाएर वृद्धभत्ता, एकल महिला भत्ता अपचलन गरिएको पाइएको छ । कैलालीको जानकी गाउँपालिका–९ मा गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवको समेत मिलेमतोमा नक्कली नागरिक खडा गरी खुट्टाको औंठा छाप लगाएर रकम अपचलन गरिएको पाइएको हो । जसको अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानका संयोजक कृष्ण सोडारीले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म जानकी–९ मा सामाजिक सुरक्षा (सासु) भत्तामा अनियमितता भएको आरोप लगाउँदै सरकारका विभिन्न निकायमा उजुरीसमेत दिएका छन् । उनले यो वियषमा २०७९ साउनमा अख्तियारको कञ्चनपुर कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले छानबिन अन्तिम चरणमा पु¥याएको छ । ‘जानकी गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ स्रोतले भन्यो । सामाजिक सुरक्षाको कार्यविधिअनुसार कानुनविपरीत भत्ता दिलाउन भूमिका खेल्ने जनप्रतिनिधि, पदाधिकारी वा कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा चल्नेछ ।

Seti Hospital

अख्तियारले मृतक, उमेर नपुगेका, दोहोरो–तेहेरो भत्ता लिने सबैको विवरण संकलन गरेर अनुसन्धान गरेको थियो । अभियन्ता कृष्ण सोडारीले पनि धेरै प्रमाण संकलन गरेर अख्तियारलाई दिएका थिए । अख्तियारमा प्रमाणसहित दिएको उजुरीउपर कारबाही अगाडि बढाउन ढिलासुस्ती भएको गुनासो सोडारीले गरे । सोडारीका अनुसार तत्कालीन वडाध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले सामाजिक सुरक्षा भत्ताको आठ करोड ९२ लाखभन्दा बढी रकम हिनामिना गरेका हुन् । आफूहरूले वडाध्यक्ष भण्डारी र वडा सचिव बुढाविरुद्ध २०७९ साउनमा अख्तियारको शाखा कार्यालय कञ्चनपुरमा उजुरी दिएकोमा सो उजुरी २०८१ जेठमा काठमाडौं स्थानान्तरण गरिएको संयोजक सोडारीले बताए ।

अख्तियारको केन्द्रीय कार्यालयले पनि सो उजुरीउपर छानबिन भइरहेको मात्रै जानकारी गराउँदै आएको र अहिलेसम्म अनुसन्धान नटुंगिँदा प्रमाण लोप हुने र आरोपी भाग्ने खतरा बढेको सोडारीले बताए । सो अवधिमा वडाध्यक्ष भण्डारी र वडा सचिव बुढाले किर्ते गरी एउटै नागरिकता नम्बर राखेर नाम फरक पारी दोहोरो, तेहेरो मात्र नभएर चौथो पटकसम्म भत्ता बुझेको, मृत्यु दर्ता नगरी मृतकका नाममा भत्ता बुझेको मात्र नभई एकल महिलाका नाममा समेत भत्ता बुझेको सोडारीको आरोप छ ।

अभियानकर्ताहरूले आर्थिक वर्षको नवीकरण प्रतिवेदन ल्याब टेस्टको रिपोर्टसहित २०८० भदौ ४ गते तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत भेट गरेका थिए । उनीहरूले गृह मन्त्रालयले पनि आफूहरूको गुनासो सुनुवाइ नगरेको बताए । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्ने कुनै पनि लाभग्राहीले दोहोर सुविधा लिन पाइँदैन । लिइको पाइए रकम असुलउपरदेखि बिगोबमोजिम जरिबानासमेत हुनेछ । कानुनविपरीत भत्ता दिलाउन भूमिका खेल्ने जनप्रतिनिधि, पदाधिकारी वा कर्मचारीविरुद्ध भ्रष्टचारको मुद्दा चल्न सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार