जेठ महिनामै रोपियो १८ प्रतिशत धान

धनगढी : जेठ दोस्रो सातादेखि बेलाबेला पानी पर्दा किसानलाई धान रोपाइँमा सहज भएको छ । असार सुरु हुँदा जिल्लामा १८ दशमलव ३२ प्रतिशत रोपाइँ भएको छ ।

मौसम अनुकूल हुँदा यसपालि समयमै धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । जेठ १५ गतेदेखि असारसम्म रोपाइँका लागि उत्तम समय मानिएकाले समयमै वर्षा हुँदा बैतडीका किसान खुसी भएका र धमाधम रोपाइँ गर्न थालेको प्रमुख जोशीले बताए ।

Seti Hospital

आकाशे पानीले सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ गर्न सहज भएकाले यस वर्ष बेलैमा धान रोप्न पाइएको सूर्नया गाउँपालिका–४ का किसान हरिसिंह महराले बताए । यसपाली आकाशे पानीकै भरमा रोपिने बारीमा पनि धान रोप्न थालिएको सूर्नया गाउँपालिका–४ का किसान जगदीश बिष्टले बताए ।

‘‘साउनमा रोपिने खेतमा पनि यो वर्ष अहिले नै रोपाइँ भइरहेको छ । राम्रो सिँचाइ भएका ठाउँमा त रोपो हरियो भइसकेको छ,’’ उनले भने, ‘‘दिनदिनै पानी पर्दा मकै गोड्न समस्या भए पनि धान रोप्न सजिलो भएको छ ।’’

वर्षा हुने क्रम जारी रहेकाले चाँडै रोपाइँ सकिने र अन्य कुराले असर नगरे धान उत्पादन पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख जोशी बताउनुहुन्छ । वर्षा भएसँगै रोपाइँ गर्न चटारो परेको बैतडीको पाटन नगरपालिका–३ का राजेन्द्रसिंह बिष्टले बताए ।

सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको बिष्टले बताए । उहाँले  भन्नुभयो, ‘‘वर्षा नभएको वर्ष समयमै रोपाइँ गर्न सकिँदैन, तर यो वर्ष समयमै वर्षा भएकाले हाल रोपाइँको चटारो छ गाउँका सबै मान्छे रोपाइँमा व्यस्त छौं ।’’

बैतडीमा जेठको सुरुमै लगाइने मकै, भटमासलगायतका वर्षे बाली यो वर्ष राम्रै अवस्थामा हुर्किरहेको किसानहरु बताउँछन् । बैतडीको पाटन, मेलौलीको सलेना क्षेत्र, डिलाशैनी सिमार, बाङ्गाबगर, सिगास गाउँपालिकाको ढुङ्गाड क्षेत्र, शिवनाथको शर्माली क्षेत्र, पन्चेश्वरको महाकाली क्षेत्र, सूर्नयाको बरायल क्षेत्र, दोगडाको पन्ज्युनयाँ क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालगायतका विभिन्न क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

बैतडीमा कुल खेतीयोग्य जमिन ३१ हजार चार सय ८५ हेक्टरमध्ये पाँच हजार एक सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार