धनगढीमा  खुल्यो अल्लो र गाँजाबाट निर्मित कपडा र अन्य सामान बिक्री गर्ने पसल

धनगढी: धनगढीमा अल्लो र गाँजाबाट निर्मित कपडा र अन्य सामान बिक्री गर्ने पसल खुलेको छ।

धनगढी मेनरोड रुबस चोक नजिक सुरज हेम्प्स एण्ड क्लोथ कोसेली घर खुलेको हो। धनगढी-३ का युवा सुरज बिष्टले अल्लो तथा गाँजाको कपडा र अन्य सामग्री पाउने पसल खोलेका हुन्। आइतबार एक समारोहमा पसलको वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्का र कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले संयुक्त रुपमा पसलको उद्घाटन गरेका हुन्।

SHIKHAR COOL TECH

पसल सञ्चालक बिष्टले गाँजाको  मह, तेल, साबुन, चियापत्ती, चाउमिन, चप्पल जुत्ता बिस्कुट, झोला, टोपी मोजा, तयारी पोसाक थानको कपडा र तन्ना आदि पसलमा राखेको बताए। पसलमा अर्गानिक र स्वदेशी सामाग्री र सीपबाट निर्मित कपडा र खाद्य सामग्री सुपथ मूल्यमा पाइने बिष्टले बताए।

काठमाडौंमा रहेको गनेश हेम्पको अधिकृत बिक्रेता समेत रहेको पसलमा गर्मी तथा जाडो मौसममा लगाउन मिल्ने विभिन्न कपडा बिक्रीमा राखिएको छ।

स्वदेशमै बनेको कपडा बिक्रीले उद्यमशीलताको विकास हुने वडा अध्यक्ष बुद्धिबहादुर खड्काले बताए। यस्तै, कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले व्यवसायिक सफलताको शुभकामना दिँदै उद्योग वाणिज्य संघको तर्फबाट गर्न सकिने सहयोग गर्न तत्पर रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार