कैलालीको खोला किनारमा एक जना मृत फेला

धनगढी : कैलालीमा एक जना मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनको ट्याङ्ना खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ऐलानी रामपुर निवासी ३२ वर्षीय नरेश रतोकी बुधबार दिउँसो ३ बजे शव अवस्थामा भेटिएका हुन्। घटनाबारे जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए।

Seti Hospital

हाल आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण हालसम्म स्पष्ट नभए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछसमेत गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार