चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह

काठमाडौं :  चन्द्र पन्तको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘आबाट आमा’मा नायक पल शाह अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको मंगलबार सार्वजनिक गरेको हो ।

अनुबन्धपछि पलले यो फिल्म छायाङ्कनमा उत्साहित देखिएका छन् । उनले निर्देशक पन्तलाई चाँडै छायाङ्कनमा निस्कन आग्रह समेत गरे ।

Seti Hospital

उनी भन्छन्, ‘स्क्रिप्ट एकदमै इमोसनल छ । म चाँडै यो फिल्मको छायाङ्कन होस् भन्ने चाहान्छु ।’

आफूले गरेको सबैभन्दा इमोसनल फिल्म यही हुनेमा पल आशावादी छन् । भन्छन्, ‘हामीले यसको स्क्रिप्ट दुई–तीन पटक सुन्यौं । सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौं । यो पक्कै राम्रो फिल्म हुनेछ ।’

यस फिल्ममा अनुबन्ध हुने पल दोस्रो कलाकार हुन् । यसअघि नै नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । निर्देशक पन्तका अनुसार अन्य कलाकार चयनको काम भने बाँकी रहेको छ ।

चन्द्र पन्तले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् । भारतीय कलाकारहरुलाई समेत त्यस फिल्ममा अभिनय गराएका कारण उनी चर्चामा आएका थिए ।

यो फिल्मको प्रदर्शन मिति फागुन १५ गतेलाई तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार