धनगढीको एसपीए कलेज ‘राष्ट्रिय शिक्षा सम्मान २०८२’ द्वारा सम्मानित

धनगढी । शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेज, धनगढी, कैलालीलाई राष्ट्रिय शिक्षा सम्मान २०८२ बाट सम्मानित गरिएको छ। तिलक फिल्म्स प्रा.लि. द्वारा गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित विशेष समारोहमा एस.पी.ए कलेजलाई सम्मान प्रदान गरिएको हो। लामो समयदेखि शिक्षा सेवा, सामाजिक योगदान तथा बालबालिकाको समग्र विकासमा सक्रिय भूमिका खेलेको संस्थाको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने पूर्व मन्त्री तथा सांसद शेर बहादुर कुँवर विशिष्ट अतिथिका रूपमा सहभागी थिए। आयोजक संस्था तिलक फिल्म्स का अध्यक्ष दीपक जोशी सहितका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Galaxy

सम्मान पत्रमा उल्लेख गरिएअनुसार, एस.पी.ए कलेजले शिक्षा क्षेत्रसँगै सामाजिक सेवामा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहण गर्दै एस.पी.ए कलेजका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले निजी क्षेत्रको शैक्षिक संस्थाले विगत लामो समयदेखि शिक्षा तथा समाजसेवामा पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिने यस्ता सम्मानले अझ जिम्मेवारी बोध गराउने र थप ऊर्जाका साथ अगाडि बढ्न प्रेरित गर्ने बताए। साथै, उनले आयोजक संस्था प्रति आभार व्यक्त गरे।

कार्यक्रममा ‘पर्यटन प्रवर्द्धनमा राष्ट्रिय कलाकारहरूको भूमिका’ विषयक विचार गोष्ठी, सम्मान वितरण तथा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो। एस.पी.ए कलेजले एस अघि पनि उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१, अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार