क्रिकेटर किरण ठगुन्नालाई सम्मान

भक्तराज जोशी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ ले नेपालको सिनियर क्रिकेट टिममा पहिलो पटक स्थान बनाउन सफल स्थानीय खेलाडी किरण ठगुन्नालाई एक विशेष समारोहबीच सम्मान गरेको छ। शनिबार वडा कार्यालय परिसरमा आयोजित उक्त सम्मान कार्यक्रमले स्थानीय समुदायमा खेलकुदप्रति उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले किरण ठगुन्नालाई मायाको चिनोका रूपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गर्दै उनको उज्ज्वल भविष्यको कामना गरे। अध्यक्ष थापाले भने, “हाम्रो वडाका युवा किरण ठगुन्नाले राष्ट्रिय सिनियर क्रिकेट टिममा स्थान बनाएर देशको गहना बनेका छन्। यो उपलब्धि हामी सबैका लागि गौरवको क्षण हो। उनको मेहनत, लगन र प्रतिभाले नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरणा दिनेछ। हामी उनको निरन्तर प्रगति र सफलताको कामना गर्दछौं।”

Seti Hospital

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी, युवा, सामाजिक अगुवा र नागरिकहरूको बाक्लो उपस्थिति थियो। उपस्थित सबैले ठगुन्नाको सफलताको प्रशंसा गर्दै उनलाई बधाई र शुभकामना व्यक्त गरे।

सम्मान ग्रहणपछि किरण ठगुन्नाले आफूलाई प्राप्त सम्मानप्रति हार्दिक आभार व्यक्त गरे। उनले भने, “मेरो गाउँ, वडा र समुदायको माया र समर्थनले नै म यहाँसम्म आइपुगेको हुँ। यो सम्मानले मलाई नेपाली क्रिकेटमा अझै धेरै योगदान दिने जिम्मेवारी थपिएको महसुस भएको छ। म सधैं आफ्नो देश र समुदायको नाम राख्ने प्रयास गर्नेछु।” उनले स्थानीय स्तरमा क्रिकेटको विकासका लागि खेल सुविधा र अवसरहरू विस्तार गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले किरणको सम्मानले आफूहरूलाई पनि खेलकुदमा लाग्न प्रेरणा मिलेको बताए।

यो सम्मान समारोहले स्थानीय स्तरमा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। भीमदत्त नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिंदै स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्ने योजना बनाएको वडा कार्यालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार