धनगढी : कैलालीमा बन्द गरिएको महेन्द्र राजमार्ग खुलेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा बन्द गरिएको राजमार्ग मङ्गलवार ४ बजेबाट खुलेको हो।
घोडाघोडी नगरपालिका–२ मा हायस र मोटरसाइकल आपसमा ठोकिएर मोटरसाइकलका चालक ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि राजमार्ग बन्द गरिएको थियो। जिल्ला प्रहरी कार्यालय, कैलालीले चालकलाई कानुनी कारबाही गर्ने सहमति पछि राजमार्ग खुलेको बताएको छ।
सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का कडायतको घोडाघोडी अस्पताल, सुखडमा मृत्यु भएको थियो। विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई हायसले ठक्कर दिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दनुहोस्