रुस–युक्रेन युद्धमा परेर बैतडीका अर्जुन भट्टको मृ*त्यु 

अत्तरिया : रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको छ । डेढ वर्ष अघि रुसी सेनामा भर्ती हुन गएका उनको लडाइकै क्रममा मृ*त्यु भएको हो । उनी नेपाली सेनाबाट अवकाश पाएपछि डेढ वर्ष अघि रुस गएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले पनि पछिल्लो पटक भट्ट सहित २३ जनाको मृ*त्यु भएको पुष्टि गरेको छ । जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट, दार्चुलाका ललितसिंह डोबल सहित नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन रहेका छन् ।

Seti Hospital

यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगरको पनि मृ*त्यु भएको छ ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन् ।

उनीहरूको पुस ९ यता मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ७३ पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार