अत्तरिया : कैलालीको मसुरियामा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । सोमबार घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि स्थानीय र उनका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन ।
मसुरीयामा बिहान ९ः५० देखि नै राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा अहिले यात्रुहरू अलपत्र परेका छन् । लामो समय देखि बाटो अवरुद्ध हुँदा ठुलो जाम लागेको सोही ठाउँमा रहेका बस चालक अमर विष्टले बताए । स्थानीयले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् ।
सोमवार बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कडायतको मृत्यु भएको थियो । प्रहरीले चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दनुहोस्