कैलालीमा महेन्द्र राजमार्ग बन्द

धनगढी : कैलालीमा महेन्द्र राजमार्ग बन्द गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा राजमार्ग बन्द गरिएको हो।

घोडाघोडी नगरपालिका–२ मा हायस र मोटरसाइकल आपसमा ठोकिएर मोटरसाइकलका चालक ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि राजमार्ग बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले पीडित पक्षहरूले मङ्गलवार राजमार्ग अवरुद्ध गरेको बताएको छ। प्रहरीले पीडित पक्ष र हायस धनीको बिचमा छलफल जारी रहेको बताएको छ।

Seti Hospital

सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का कडायतको घोडाघोडी अस्पताल, सुखडमा मृत्यु भएको थियो। विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई हायसले ठक्कर दिएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार