धनगढी : श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा राष्ट्रभाव व्यक्त गरिएको गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्।
बैतडी घर भएका उदीयमान गायक क्षेत्रीले सँगीतको यात्रामा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका हुन्। उनले आफ्नो पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता पाएको बताए। ‘म एक सिक्दै गरेको, घुँडा टेक्दै अघि बढिरहेको कलाकार, तपाईंहरूको अमूल्य भोटले आज म यो सम्मानको हकदार बन्न सकेको छु,’ श्रीकान्तले सामाजिक सञ्जालमा लेखेका छन्। उनले अवार्डसँगै जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनहरूमा अझ समर्पण र लगनका साथ सँगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
उनले सम्पूर्ण मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेषगरी आफूलाई मार्ग देखाउँदै सहभागी गराउन प्रेरित गर्ने प्रति गहिरो सम्मान र धन्यवाद व्यक्त गरेका छन्।
प्रतिक्रिया दनुहोस्