अत्तरिया : शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्नको लागि सहयोग गर्ने बिभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका छन । कैलालीको गोदावरी नगरपालिका– ७ लालपुर वैशाख २३ गते देखि सुरु भएको महायज्ञमा मनोमञ्जन उद्यान निर्माणका लागि स्थानीयले दान गरेका छन भने यस क्षेत्रका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सोमबार महायज्ञको समापन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले महायज्ञमा माग गरिएको योजना रातो किताबमा पार्ने प्रतिबद्धता जनाए । उनले महायज्ञ मार्फत बनाउन खोजेको योजना निर्माणका लागि रातो किताबमा योजना पार्ने प्रतिबद्धता जनाएका हुन ।
शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्ने योजना सहित वैशाख २३ गते देखि महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञको समापन समारोहमा राज्यमन्त्री बमले महायज्ञले अघि सारेको योजना पुरा गर्ने प्रतिबद्धता जनाएका हुन । जय गोदावरी अभियन्ता एवम् योजनाका परिकल्पनाकार मध्येका एक विष्णु जोशीले उद्यान फूलहरूले सुसज्जित भएको आध्यात्मिक पार्क हुने बताए ।
उनले उद्यान पार्कको भूगोल क्षेत्रलाई सिँगार्ने, वरिपरि घेर बार गर्ने, यसको गेट बनाउने, भित्र गार्डेन बनाउने, मनोमञ्जन, भजन कीर्तनको भवन बनाउने जस्ता ठुलो काम गर्ने योजना बनाएको बताए । उक्त उद्यानका लागि महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने तत्काल २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए । उद्यान निर्माणका लागि महायज्ञमा स्थानीयबाट पनि सहयोग संलकलन भएपनि त्यसको आय व्यय विवरण भने मंगलबार (आज) सार्वजनिक गर्ने जनाइएको छ ।
प्रतिक्रिया दनुहोस्