कैलालीकी लीला माइतीघर हिडेकी तीन दिनदेखि सम्पर्क विहीन

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला विष्ट रावत माइतीघर जान्छु भन्दै हिडेको तीन दिन बित्दासमेत सम्पर्कमा आएकी छैनन्।

वैशाख २७ दिउँसो घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भनी हिडेकी विष्टको बारेमा आइतवार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन्।

Galaxy

सोमवारसम्म सम्पर्कविहीन भएपछि श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन्। लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

श्रीमान् र श्रीमतीबिच मोबाइलका विषयमा सामान्य विवाद भएपछि लीलाले आफूले चलाएको मोबाइल फु्टाएर घरमै छोडी माइत जान्छु भन्दै हिडेको छिमेकीले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार