धनगढी : कैलालीमा विवाहको सबै बन्दोबस्त भइसकेपछि दुलाह सम्पर्कविहीन भएका छन् । दुलाह सम्पर्कविहीन भएपछि दुलही खोजीको माग गर्दै प्रहरी चौकी पुगेकी छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल ९नाम परिवर्तन० र संगिता बुढा(नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियो ।
उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए । २५ गते भारतको पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए । सो दिन दुवै जना धनगढीबाट छुटिएका थिए ।तर सोही दिनदेखि उनी सम्पर्कविहीन भएको भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दनुहोस्