करिब डेढ लाख बराबरका अखाद्य बस्तु बरामद

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आईतबार पनि बजार अनुगमन गरेको छ । नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा स्याउले बजार, लालपुर लगायतका क्षेत्रमा अनुगमन गरेको हो ।

शुक्रबार देखी सुरु भएको अनुगमन यसअघि अत्तरिया बजारक्षेत्रमा गरिएको थियो । आईतबार भने स्याउले बजार, लालपुर लगायतका क्षेत्रमा अनुगमन गरिएको नगरपालिकाका कर्मचारी एवम् अनुगमन टोलीका सदस्य नरेश साउँदले जानकारी दिए । उनले नगरपालिकाले समय समयमा खाद्यान्न क्षेत्रको अनुगमन गर्ने कार्य गर्दै आएको बताए ।

Seti Hospital

उनका अनुसार अनुगमनका क्रममा विभिन्न पसलहरुबाट लाखौँको मात्रामा अखाद्य वस्तुहरु फेला परेका छन । तिन दिनसम्म चलेको अनुगमनका क्रममा करिब डेढ लाख बढीका अखाद्य वस्तुहरु फेला परेको उनले बताए । उनका अनुसार तिन दिनको अवधीमा नगरपालिकाले १ लाख ५२ हजार १६५ रुपैया बराबरका अखाद्य वस्तुहरु बरामद गरेको छ । जसमा शुक्रबार ९५ हजार बराबरका र शनिबार १३ हजार ६६५ रुपैया बराबरका अखाद्य वस्तुहरु बरामद गरिएको उनले बताए ।

आईतबार स्याउले बजार, लालपुर, बसन्तपुर लगायतका क्षेत्रका ४५ वटा पसलहरुको अनुगमन गरिएको साउँदले बताए । जसबाट अन्दाजी ४३ हजार ५०० बराबरका अखाद्य सामानहरु बरामद गरि नष्ट गरिएको उनको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा ३ दिन नगरभित्रका विभिन्न बजार अनुगमन गरिएको बताए । उनले बजार अनुगमनका क्रममा विभिन्न मात्रामा आईक्रिमजन्य, म्याद सकिएका मरमसलाजन्य, खाद्य तथा पेयपदार्थहरु जफत गरि नष्ट गरिएको बताए । ‘हामीले नगरपालिकाको आह्वानमा ३ दिन अत्तरिया तथा आसपासका बजार अनुगमन गरेका थियौँ’ उनले भने ‘सो अवधीमा हामीले करिब डेढ लाख बराबरको हाराहारीमा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु बरामद गरि नष्ट गरेका छौ ।’

बजारमा पटक पटक अनुगमन भैरहदा पनि म्याद नाघेका खाद्य पदार्थहरु भेटिने क्रम जारी रहेको बताउदै उनले विक्रेताले डिलरबाट ल्याउने सामानहरुको उपभोग्य मितिको बारेमा जानकारी नराख्दा सम्म सो कार्य बन्द नहुने समेत बताए । उनका अनुसार आईतबार गरिएको अनुगमनका क्रममा बढीजसो मरमसलाजन्य सामग्रीहरु फेला परेका छन । उनले त्यसबाहेक बाहिरी देशबाट आउने गुट्खाजन्य वस्तुहरु पनि बरामद गरिएको बताए ।

नगरपालिकाले तिन दिनको अवधीमा नगरक्षेत्रभित्र रहेका किराना पसल, मिठाई पसल, फार्मेसी, दुध डेरी, होटल, मासु पसल, सैलुन लगायतका पसलहरुको अनुगमन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार