प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का

बेलौरी : बाजुरामा एक प्राध्यापक शङ्कास्पद अवस्थामा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका –६ सायल घर भएका ३८ वर्षीय नरेन्द्र थापा बुधवार साँझ मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडिमालिका क्याम्पसमा अध्यापन गराउँदै आएका थापा साफे मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिए ।

बुधवार बिहान क्याम्पसमा अध्यापनका लागी जानुभएका थापा साँझ साढे ६ बजेको समयमा मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले उनको मृत्युको कारण भने खुल्न नसकेको जनाएको छ । थापाको आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । क्याम्पसबाट करिब ५ सय मिटरको दुरीमा थापा नालामा मृत फेला परेका थिए । थापाको दुवै आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । थापाको मृत्यु शङ्कास्पद भएको भन्दै स्थानीयहरूले घटनाको अनुसन्धान गरिनुपर्ने माग राखेका छन् । स्थानीय नयाँ भारतीले थापाको आँखा फुटेको , टाउको र मुखमा गहिरो चोट रहेकाले उहाँको हत्या गरिएको आशङ्का व्यक्त गरे ।

SHIKHAR COOL TECH

मृतक थापाको शव बिहीबार बिहान पोस्टमार्टमका लागी जिल्ला अस्पताल मार्तडीमा लगिएको छ । थापाका एक छोरा र छोरी रहेका छन् । थापाका श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यापन गराउँदै आएका थिए । थापा घरमा एक्लै बस्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार