बैंकिङ कसुर मुद्दामा करीब ९ लाख जरिवाना तोकिएका धनगढीका देउवा पक्राउ

धनगढी : बैंकिङ कसुर मुद्दामा करीब ९ लाख जरिवाना तोकिएपछि फरार रहेका धनगढीका विरबहादुर देउवा पक्राउ परेका छन्।  

जिल्ला अदालत कैलालीको फैसलाले धनगढी उपमहानगरपालिका–१८ बस्ने ५३ वर्षीय देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिवाना र ३ महिनाको कैद सजाय तोकिएको थियो। उनी लामो समयदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहले प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार