पेन्सन योजना : सामाजिक सुरक्षाको नयाँ अध्याय

अत्तरिया : गोदावरी नगरपालिका देशकै पहिलो स्थानीय तह बनेको छ । जसले नागरिक लगानी कोषसँग सहकार्य गर्दै नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । यो कदम केवल पहिलो मात्र होइन, स्थानीय सरकारद्वारा सामाजिक सुरक्षाप्रति देखाइएको एक ऐतिहासिक दूरदर्शितापूर्ण निर्णय हो ।

स्थानीय तहको भूमिकालाई व्यवस्थापकीय भन्दा पनि जनमुखी बनाउन यस्ता योजनाहरु आवश्यक थिए । निजी स्रोतबाट आम्दानी गर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत वा सरकारी सेवाबाहिर रहेका व्यक्तिहरुको वृद्धकाल सुरक्षित होस् भन्ने सोचमा आधारित यस योजनाले सबै तहका नागरिकलाई सामाजिक सुरक्षाको परिधिभित्र ल्याउने प्रयास गरेको छ ।

पेन्सन प्राप्त गर्न आवश्यक ६० वर्षको उमेर र कम्तीमा १५ वर्षको योगदान समय सीमा भने दीर्घकालीन सोचमा आधारित भए पनि सुरक्षाको आधार सुनिश्चित गर्छ । नागरिक पेन्सन योजना नेपालमा नागरिक लगानी कोषद्वारा सञ्चालित एक दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रम हो, जसले विशेष गरी स्वरोजगार, निजी क्षेत्र, विदेशमा कार्यरत नेपालीहरू र अन्य अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई वृद्धावस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ ।

यस्ता योजनाले न केवल नगरशिक्षक तथा कर्मचारीहरुलाई सुरक्षित भविष्यप्रति आश्वस्त पार्छ । अब, अन्य पालिकाहरुलाई पनि गोदावरी नगरपालिकाको उदाहरण पछ्याउने प्रेरणा लिन आवश्यक छ । सामाजिक सुरक्षा केवल केन्द्र सरकारको जिम्मेवारी नभई स्थानीय तहले समेत साझा उत्तरदायित्वको रूपमा लिने हो भने समावेशी विकासको बाटो सरल र दिगो हुनेछ । यस्ता योजनाहरुले कर्मचारी उत्साहवर्धन, सामाजिक समावेशिता र दिगो विकासमा महत्वपूर्ण योगदान पुयाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार