धनगढी : कैलालीका एक जनाको घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ। स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ। उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।
प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दनुहोस्