धनगढी : कञ्चनपुरमा श्रीमान र श्रीमती चट्याङमा परेका छन्। चट्याङमा परेर श्रीमतीको ज्यान गएको छ। भने, श्रीमान भने, गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीय लालमती रानाको ज्यान गएको हो। सँगै रहेका श्रीमान २८ वर्षीय रतन सिंह राना घाइते भएका छन्। आइतवार बिहान हावाहुरीसँगै परेको चट्याङमा राना दम्पती परेका हुन्।
रतनलाई उपचारको लागि धनगढी ल्याइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बगरमा लगाइएको तरकारी टिप्न राना दम्पती बगर बारीमा पुगेका थिए। लालमति गर्भवती समेत रहेकी बताइएकाे छ।
प्रतिक्रिया दनुहोस्