बैतडी : बैतडीको पाटनकी सिम्रन पन्तको उपचारमा आर्थिक समस्या भएको छ। ब्लड क्यान्सर पीडित ११ वर्षीय पन्तको आर्थिक समस्याका कारण उपचारमा समस्या आएको हो ।
कक्षा ४ मा अध्ययनरत पन्तको हाल चितवन स्थित बिपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गर्न आर्थिक समस्या भएको उनका बुवा हेमराज पन्तले बताए ।
उनले छोरीको उपचारको लागि सकेको सहयोग गरिदिन पनि आग्रह गरेका छन् । आफूसँग भएको पैसा सबै सकिएको र अबको उपचारमा समस्या भएकाले छोरीको ज्यान उनले अनुरोध गरेका हुन ।
प्रतिक्रिया दनुहोस्