डिभोर्सपछि पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव!

काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता जीपी तिमल्सिनासँगको १७ बर्षको बैवाहिक जीवनबाट अलग भएकी पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव आएका छन्।

खड्गी आफैंले यस विषयमा जानकारी दिएकी हुन्। एउटा पोडकास्टमा उनले विभिन्न आफन्तमार्फत यसरी अवस्थाअनुसारका पुरुषका विषयमा प्रस्ताव आएको दाबी गरिन्। तर, आफू अहिले बिहे गर्ने मुडमा नरहेको पनि उनले बताएकी छन्।

Seti Hospital

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नरसिंहा’मा अभिनय समेत गरेकी खड्गीले पोडकास्टमा भनेकी छन्,‘कतिपय आफन्त र साथीभाईबाट नै विभिन्न पुरुषका प्रस्ताव आएका छन्। उहाँ पनि यस्तो मानिस हो, बिहे गर्दा ठिक हुन्छ भन्ने खालका प्रस्ताव आए। एउटा होइन, चार पाँच वटा नै आएका थिए। तर, मैले नाईँ भनेकी छु।’

५ बर्षअघि तिमिल्सिनासँग उनको डिभोर्स भएको थियो। दुवै जनाका दुई सन्तान छन्। एक छोरी र छोरा। दुवै खड्गीसँग नै बस्छन्।

उषा खड्गी नेपालको चर्चित मोडल, टेलिभिजन प्रस्तोता, व्यवसायी तथा सामाजिक व्यक्तित्व हुन्। सन् २००० मा मिस नेपालको उपाधि जितेकी उनी त्यसै वर्ष लन्डनमा आयोजित मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

उषा खड्गीको जन्म वीरगञ्जमा भएको हो। उनले मिस पोखरा १९९९ र मिस वीरगञ्ज २००० मा फस्ट रनर–अपको उपाधि जितेपछि मिस नेपालमा भाग लिएकी थिइन्। 

मिस नेपाल बनेपछि उनले टेलिभिजन कार्यक्रमहरू सञ्चालन गरिन् र फेसन डिजाइन तथा बुटिक व्यवसायमा सक्रिय भइन्। उनी “उषा’स स्टाइलिस्ट कलेक्शन“ नामक बुटिककी सञ्चालक हुन्।

खड्गीले सन् २००३ मा सञ्चारकर्मी तिमिल्सिनासँग विवाह गरेकी थिइन्। उनीहरूको १७ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०२० मा टुंगिएको थियो। उषाले सम्बन्ध विच्छेदको कारण शारीरिक र मानसिक हिंसा भएको सार्वजनिक रूपमा बताएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार