आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

सुनसरी : नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ।

तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन्। उनीसँग न कुनै कागजात छ न त कोही सहारा नै छन्। आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित भएका  हुन्। 

Seti Hospital

“मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले भने। विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए। उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका हुन्। 

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआएका छन्। उनलाई न आमाबुबा न घरको बारेमा जानकारी छ। यहाँ काम गर्नुअघि उनको नाम चङ्खे थियो। अहिले उनी अर्जुन भुजेलको नामबाट चिनिन थालेका छन्। भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आएका छन्। “आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उनले भने, उनले नागरिकता बनाउन पहल गरिदिन आग्रह गरे। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार