एसईई आइडल सिजन ४ को सेमिफाइनल सम्पन्न, ३० उत्कृष्ट प्रतिभा फाइनलमा

धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटी शो ‘एसईई आइडल सिजन ४’ को सेमिफाइनल चरण शनिबार धनगढीको होटल पौवामा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीले गरे। एसईई परीक्षामा सहभागी विद्यार्थीको कला उजागर गर्ने उद्देश्यले विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता दुई विधा—गायन र नृत्य—मा सञ्चालन भइरहेको छ।

Seti Hospital

सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयमा अडिसन लिएर छनोट गरिएका प्रतिभाशाली विद्यार्थीहरूबीच सेमिफाइनल प्रतिस्पर्धा भएको हो। दुबै विधाबाट उत्कृष्ट प्रदर्शन गरेका १५–१५ जना गरी कुल ३० प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश दिइएको छ। सेमिफाइनलको नतिजा जेठ १ गते सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरी, एसपिए क्याम्पसका प्रमुख योगराज गौतम, एलायन्स इन्टरनेशनल स्कुलका अध्यक्ष उत्तम भण्डारी, चैतन्य शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, सामाजिक अभियन्ता भरतविक्रम शाह, सिजी ग्रुप सुदूरपश्चिम प्रदेश प्रमुख नेत्र अर्याल लगायत शिक्षाविद, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेमिफाइनल चरणमा फिजिकल भोटिङ प्रणालीसमेत लागू गरिएको थियो। त्यस्तै, एसईई तथा कक्षा १२ का परीक्षार्थीहरूले नमस्ते सिम

निःशुल्क प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य प्रायोजकमा वाईवाई चाउचाउ, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, रेडिकल, र नेपाल टेलिकम रहेका छन्। साथै, विभिन्न सञ्चार माध्यम र अन्य संस्थाहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार