नागरिक पेन्सन योजना लागु गर्ने देशभरमै पहिलो स्थानिय तह बन्यो गोदावरी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानिय तह बनेको छ । नागरिक लगानी कोषले सञ्चालन गरेको उक्त योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो बनेको हो ।

शुक्रबार नागरिक पेन्सन योजना सञ्चालनका लागि नागरिक लगानी कोष काठमाण्डौ र गोदावरी नगरपालिकाबिच शुक्रबार सम्झौता भएको छ । सम्झौतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख विरेन्द्र भट्टले हस्ताक्षर गरेका छन भने साक्षीका रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी रहेका छन । यस्तै नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन, जसको साक्षीका रुपमा उपनिर्देशक नारायण प्रसाद घिमिरे छन ।

Seti Hospital

सम्झौतामा नगरपालिकाका शिक्षक÷कर्मचारीहरुको कल्याणकारी कोष व्यवस्थापन कार्यविधि २०८१ अन्तरगत उनिहरुको मासिक तलबबाट रु. ५०० र नगरपालिकाद्धारा सञ्चालित शिक्षक÷कर्मचारीहरुको कल्याणकारी कोषबाट मासिक रु. ५०० गरी मासिक रु. १ हजार जम्मा गरिने बताईएको छ । शुक्रबार नै दुवै पक्षले सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरेका थिए । सम्झौता हस्ताक्षर पश्चात बोल्दै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले देशका सबै स्थानिय पालिकाहरुमध्ये यस्तो किसिमको योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो भएको बताए । उनले नागरिक पेन्सन योजना २०७६ सालबाट सुरु भएको बताए ।

उनले सो योजनामा कम्तिमा पनि मासिक ५०० देखी माथी जम्मा गर्न सकिने बताए । उनले नागरिक पेन्सन योजनाको मुख्य उद्देश्य स्वआर्जनमा बस्ने सबै व्यक्तिहरु सहभागि हुन सक्नु रहेको बताए । ‘यसको मुख्य विशेषता भनेकै स्वआर्जनमा बस्ने सबै व्यक्तिहरु सहभागी हुन सक्नु हो’ उनले भने ‘सरकारी सेवामा सहभागी व्यक्ति मात्रै नभई यो योजनामा जस्तो सुकै स्वआर्जन गर्न सक्ने व्यक्ति पनि सहभगी हुन पाउँछ ।’ उनले पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर भने साठी वर्ष पुरा भएको हुनुपर्ने बताए । त्यतिमात्रै नभई कम्तिमा पनि १५ वर्ष योगदान गरेको व्यक्ति मात्रै नागरिक पेन्सन योजनमा सहभागी हुन पाउने उनको भनाई छ । ‘यो योजनामा सहभागी हुन बचतकर्ताले कम्तिमा पनि १५ वर्ष योगदान दिएको हुनुपर्छ र पेन्सन पाउन बचतकर्ता ६० वर्ष पुरा भएको हुनुपर्छ’ उनले भने ‘१५ वर्ष बचत नगर्दै ६० वर्ष पुगेका बचतकर्ताले कोषमा जम्मा भएको आफ्नो बचत, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा भुक्तानी गर्न सक्नेछ ।’

कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले उक्त योजना करिब २ वर्ष अगाडी देखी नै आफूहरुले सञ्चालनमा ल्याउन खोजिरहेको बताए । उनले नगरभित्रका १४२ जना नगरशिक्षकहरुलाई सो योजनाले सहज हुने बताए । उनले शिक्षकहरुलाई उत्साहित हुने खालका योजनाहरु नगरपालिकाले अघि सारिरहेको बताए । ‘हामीले शिक्षामा गुणस्तर चाहने तर पढाउने शिक्षकहरुलाई उत्साहित हुने खालको वातावरण तयार गर्न नसक्ने परिपाटी छ’ उनले भने ‘यहाँ अनुदानमा पढाईरहनुभएका शिक्षकहरुलाई सुरक्षित गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरशिक्षकका रुपमा राखेका छौ ।’ उनले सो कार्यले शिक्षकहरु सुरक्षित भएको र अब उनिहरुलाई थप उत्साहित गरी शिक्षाको गुणस्तरमा वृद्धि ल्याउनका लागि नागरिक पेन्सन योजना अघि सारिएको बताए ।

उनले यस्ता किसीमका योजनाहरुले केही हदसम्म भएपनि कर्मचारी र नगरशिक्षकहरुलाई राहत मिल्ने बताए । नगरपालिकाले सो योजनाका लागि वार्षिक ३० लाख रुपैया छुट्याएको उनले बताए । ‘चाहना धेरै थियो, तर हामीसँग बजेट अभावका कारण तत्काल ५०० रुपैया मात्रै हामीले जम्मा गर्ने भनेका छौ’ उनले भने ‘हामीले यो सुरुवात मात्रै गरेका हौ, अब बजेटको पुर्वसन्ध्यामा पनि भएकाले यसलाई अझै पनि नगरपालिकाको बजेटले भ्याएसम्म व्यवस्थीत रुपमा अघि बढाईने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार