सामुदायिक विद्यालयद्वारा पुस्तक वितरण

धनगढी : शिक्षक आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालयका विद्यार्थी निजी स्कुलतिर जान थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थी रोक्न किताब वितरण गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ मा पर्ने सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाले गत शैक्षिक सत्रमा पढ्ने अहिले कक्षा बढेका विद्यार्थीलाई किताब वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

निजी विद्यालयले गाउँ गाउँ पुगेर सामुदायिक विद्यालयका विद्यार्थी भर्नाका लागि लैजान थालेपछि केही समयपछि पढाइ सुरु गर्ने भन्दै किताब वितरण गरेको व्यवस्था समिति अध्यक्ष भाटले बताए। कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक, शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको भाटले बताए । उहाँले भने “विद्यार्थी कम भर्ना भए नगरपालिकाले मर्जको नीति ल्याएको छ । पछि सङ्ख्या धेरै कम भए समस्या पर्न सक्ने भएकाले विद्यार्थीलाई किताब वितरण सुरु गरेका छौँ ।”

Seti Hospital

शिक्षकका केही मागमा हामीले समर्थन गरे पनि विद्यालयलाई समस्या पर्न थालेपछि पुस्तक वितरण गरेर स्वयंसेवक र नगर शिक्षकबाट सिकाइ सुरु गर्ने योजना बनाएको उहाँले बताए  । २१ दिनसम्म शिक्षकको आन्दोलनलाई सहयोग गरिएकै हो, अब विद्यालयलाई समस्या भएको छ, हामीसँग नगर स्वयंसेवक र निजी स्रोतका शिक्षक हुनुहुन्छ, उहाँहरूको सहयोगमा किताब वितरण गरेका हौँ,” उहाँले भने । यसपालि सिद्धेश्वर मावि हुक्केडाँडाका छ जना विद्यार्थीले निजी विद्यालयमा भर्ना गरिसक्नुभएको उहाँले बताए ।

पाटन नगरपालिकामा मात्र हैन जिल्लामा बन्द अरू विद्यालयका स्वयंसेवक शिक्षक, निजी स्रोतका शिक्षक र कार्यालय सहयोगी, विद्यालयका कर्मचारी अब एकमुस्ट हाजिर गर्ने कि कसले हाजिर प्रमाणित गर्ने भन्ने विषयमा चिन्तित बनेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका भाटले बताए । आन्दोलनरत शिक्षकले भने हाजिर किताब नै काठमाडौँ लगेर हाजिर गर्ने गरेको बुझिएको उहाँले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार