गोदावरी नगरपालिकाले मनायो श्रमिक दिवस

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले श्रमिक दिवस मनाएको छ। नगरपालिकाको रोजगारी सेवा केन्द्रले आयोजनामा बिहीबार १३६ औं श्रमिक दिवस मनाएको हो ।

कार्यक्रममा निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्य गरेका थिए ।

Seti Hospital

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी सभापतित्वमा रहेका थिए भने प्रमुख अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया थिइन्।

कार्यक्रममा १०० सय दिने रोजगार कार्यक्रममा सहभागी र रोजगारदतालाई सम्मानित गरिएको थियो ।

कार्यक्रम अघि अत्तरिया बजार क्षेत्रमा र्याली निकालिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार